logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

    २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

    3K
    SHARES
    २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८३ ‘क’ निष्काशन गर्ने भएको छ। केन्द्रीय बैंकले ५ वर्ष अवधिको २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्काशन गर्नलागेको हो।



    यसमा १० प्रतिशत वार्षिक ब्याज पाइनेछ भने ६र६ महिनामा भुक्तानी गरिनेछ। ब्याजकर भने लाग्ने केन्द्रीय बैंकको भनाइ छ। खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंक राखिएको छ।

    यो नेपाली नागरिकले मात्र खरिद गर्न पाउने केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले जनाएको छ। यो बचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन सकिनेछ। बिक्री खुला हुने अवधि चैत १ देखि चैत २० सम्म रहेको बचतपत्र चैत ३० गते निष्काशन हुनेछ। यसको सावाँ भुक्तानी भने २०८३ तैत ३० गते हुने राष्ट्र बैंकले जनाएको छ।

     

    के छन् अन्य व्यवस्था? 

     


    अर्थ चाैतारी
  • विहिबार, १७ चैत्र २०७८
  • सम्बन्धित समाचार