logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • क्लासिक टेकले राति पनि फिल्ड सपोर्ट सेवा दिने

    क्लासिक टेकले राति पनि फिल्ड सपोर्ट सेवा दिने

    8.4K
    SHARES
    क्लासिक टेकले राति पनि फिल्ड सपोर्ट सेवा दिने

    काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रातिमा पनि फिल्ड सपोर्ट सेवा प्रदान गर्ने भएको छ।



    कम्पनीले यसका लागि छ महिनाबाट अधिकांश सहरहरुमा परीक्षण गरिरहेको थियो। यसलाई प्राथमिकता दिँदै कम्पनीले ८ सय जना थप कर्मचारी देशैभरबाट मागेको थियो। कम्पनीका अनुसार ग्राहकलाई चौबीसै घण्टा फिल्ड सपोर्ट सेवा दिन उनीहरुलाई ‘कम्प्लेन्ट टिकेट रजिष्ट्रार’ भएपछि उनीहरुकै अनुमतिमा राति १० बजेसम्म सेवा दिइनेछ।

    आगामी दिनमा यसलाई अझै बढाइने कम्पनीले जनाएको छ। कम्पनीले ग्राहक सेवालाई प्राथमिकता दिँदै आएकोले कम्प्लेन रजिष्टर्ड भएको २ घण्टाको कार्यसमयमा कम्पनीले सेवा दिन सकिने उल्लेख गरेको छ। समयमै सपोर्ट दिन नसके टाइम ब्याक कम्पेन्सेसन अर्थात् त्यसको क्षतिपूर्ति समेत दिँदै आएको क्लासिक टेकले जनाएको छ। सन् २००९ देखि नेपालमा सेवा सुरु गरेको कम्पनीले १२ वर्षमा ७४ जिल्लामा १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट