logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • वायु र सौर्य ऊर्जाबाट २०२१ मा विश्वभर हालसम्मकै धेरै बिजुली योगदान

    वायु र सौर्य ऊर्जाबाट २०२१ मा विश्वभर हालसम्मकै धेरै बिजुली योगदान

    6K
    SHARES
    वायु र सौर्य ऊर्जाबाट २०२१ मा विश्वभर हालसम्मकै धेरै बिजुली योगदान

    काठमाडौँ । विश्व ऊर्जामा गत वर्ष वायु र सौर्य क्षेत्रले कीर्तिमानी योगदान गरेका छन् । एम्बरले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२१ मा विश्वले खपत गरेकोमध्ये १० प्रतिशत विद्युत् वायु र सौर्य ऊर्जाबाट प्राप्त भएको हो ।



    यसमा कुल ऊर्जा आपूर्तिको ३८ प्रतिशत हिस्सा स्वच्छ क्षेत्रले ओगटेको छ । यो भनेको कोइलाबाट प्राप्त हुनेभन्दा बढी हो ।स्वतन्त्र जलवायु थिंकट्यांकले ५० देशले वायु र ऊर्जाबाट १० प्रतिशतभन्दा धेरै विद्युत् उत्पादन गरेको बताएको छ । त्यसमध्ये पनि छिटो रुपान्तरण भएका देशहरु नेदरल्यान्ड्स, अस्ट्रेलिया र भियतनाम रहेका छन् । ती देशले परम्परागत इन्धनको दशांश विद्युत् वायु र ऊर्जाबाट पछिल्लो दुई वर्षमै उत्पादन गरिरहेको पाइएको छ ।

    त्यस्तै १० देशले आफ्नो विद्युत्को २५ प्रतिशतभन्दा बढी वायुृ र ऊर्जाबाट प्राप्त गरेका छन् । यसमा डेनमार्क अगाडि छ । उसले ५२ प्रतिशत बिजुली यस क्षेत्रबाट उत्पादन गर्छ । ऊर्जालाई लिएर खास गरी कोभिड र युक्रेन संकटबाट विश्वले चुनौती सामना गरिरहँदा यस्तो सुखद समाचार सार्वजनिक भएको हो । युक्रेन संकटपछि युरोपेली देश ऊर्जालाई लिएर चिन्तित भइरहेका छन् । उनीहरुले रुसी ग्यास र तेलको विकल्प खोजिरहेका छन् ।

    उक्त प्रतिवेदनले सौर्य र वायु ऊर्जा उत्पादन बढ्दा विश्व तापक्रमलाई विश्व औद्योगीकरणकै स्तरमाथि अर्थात् १।५ सेल्सियसमा सीमित राख्न सक्छ । यो वैज्ञानिकहरुले निर्धारण गरेको सीमा हो । विश्व यही सीमामुनि रहेमात्र जलवायु संकटको नाटकीय प्रभावलाई टार्न सकिने वैज्ञानिकहरुको भनाइ छ । त्यसका लागि १० वर्षे औसत वृद्धिदर २० प्रतिशतमा २०३० सम्म सीमित पार्नुपर्छ ।

    सौर्य क्षेत्रको उत्पादन सन् २०२१ मा विश्वमा २३ प्रतिशतले बढ्दा वायु ऊर्जाबाट १४ प्रतिशत माथि सोही समयमा आपूर्ति भएको छ । सँगसँगै विश्व विद्युत् उत्पादनमध्ये यी दुई क्षेत्रको हिस्सा १०।३ प्रतिशत रहेको हो । जुन सन् २०२० को तुलनामा एक प्रतिशत माथि रहेको एम्बरको तथ्यांकले देखाएको छ । यो प्रतिवेदन २०९ देशको सन् २००० देखि २०२० को अवधिसम्म अध्ययन गरी तयार गरिएको हो । तर सँगसँगै कोइलाबाट उत्पादन हुने विद्युत् दर पनि बढेको छ ।

    सन् १९८५ यता द्रुतगतिमा बढेको तथ्यांकले देखाएको छ । सन् २०२१ मा यो नौ प्रतिशतले बढेर १० हजार ४२ टेरावाट घण्टा अर्थात् कुल मागको ५९ प्रतिशत पुगेको छ । विश्वमा उक्त वर्ष एक हजार चार सय १४ टेरावाट घण्टाको विद्युत् माग भएको थियो । जुन ५।४ प्रतिशतले बढी हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, १८ चैत्र २०७८
  • सम्बन्धित समाचार