logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • देउवा र मोदीद्वारा भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन

    देउवा र मोदीद्वारा भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन

    8.8K
    SHARES
    देउवा र मोदीद्वारा भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन

    काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन् ।



    कम्पनीले रेल खरिद गरेको करिब दुई वर्षपछि रेल सेवा औपचारिकरुपमा उद्घाटन भएको छ । जयनगरमा प्रोजक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो । दुबै देशका प्रधानमन्त्रीले रेल्वे उद्घाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ ।

    1140x725

    प्रत्येक स्टेशनमा बालबालिका तथा छात्रछात्राले नेपाल–भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन् ।  यस्तै हल्ट स्टेसनमा स्वागत तथा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ । स्वागतका लागि बसेकालाई समेत सो रेलमा चढाएर कुर्थासम्म लगिनेछ ।

    कुर्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसमेत रेलमा चढेर जनकपुरसम्म आउने र त्यहाँ उद्घाटनको अन्य कार्यक्रम हुने कार्यतालिका रहेको छ । गत फागुन १ देखि नै जयनगर–जनकपुरसम्म ड्राई रन ९यात्रु बिनाको० रेल दैनिक एक पटक सञ्चालन हुँदै आएको थियो ।


    अर्थ चाैतारी
  • शनिबार, १९ चैत्र २०७८
  • सम्बन्धित समाचार