logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, २ लाख ८७ हजार ५ सय जनाले पाए १० कित्ताका दरले सेयर

    ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, २ लाख ८७ हजार ५ सय जनाले पाए १० कित्ताका दरले सेयर

    3.2K
    SHARES
    ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, २ लाख ८७ हजार ५ सय जनाले पाए १० कित्ताका दरले सेयर

    काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले आज सो कम्पनीको आईपीओ बाँडफाँट गरेको हो।



    कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता सेयरका लागि आवेदन दिएका थिए। कुल आवेदकमध्ये २१ लाख ६ हजार ५१६ आवेदकको २ करोड ४२ लाख ७७ हजार कित्ता सेयरका लागि आवेदन स्वीकृत भएको थियो।स्वीकृत आवेदनमध्ये २ लाख ८७ हजार ५ सय जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन्।

    कम्पनीले चैत ८ गतेदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको थियो। त्यसमध्ये ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि र एक लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २८ लाख ७५ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँडफाँट गरिएको हो। हाल २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको कम्पनीको कम्पनीको चुक्ता पूँजी सेयर निष्कासनपछि २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ।


    अर्थ चाैतारी
  • आइतबार, २० चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट