logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • वस्तु आयातमा कडाइ गर्न अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल

    वस्तु आयातमा कडाइ गर्न अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल

    8K
    SHARES
    वस्तु आयातमा कडाइ गर्न अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले वस्तु आयातमा कडाइ गर्ने विषयमा उच्चस्तरीय छलफल गरेका छन्। चालू आर्थिक वर्षमा मुद्रा सञ्चिति निरन्तर घटिरहेको र वस्तु आयात निरन्तर बढिरहेको भन्दै मन्त्री शर्माले उच्चस्तरीय छलफल गरेका हुन्।



    अर्थ मन्त्रालयमा भएको छलफलमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष, विश्व पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित अर्थ मन्त्रालयमातहतका विभागीय प्रमुखहरु सहभागी थिए। सो छलफलमा मन्त्रालयका सचिवद्वयको पनि उपस्थिति थियो। नेपाल राष्ट्र बैंकले बैंकहरुको सीईओहरुलाई बोलाएर सोमबार विलासीका सामान आयातमा कडाइ गर्न मौखिक निर्देशन दिएको थियो। यस्ता वस्तु आयातमा कडाइ गर्न बैंकहरुले केही समय एलसी नै बन्द गर्नुपर्ने राष्ट्र बैंकले बताएको थियो। सीईओहरुको छलफलमा गभर्नर महाप्रसाद अधिकारी भने उपस्थित थिएनन्।

    तर आज अर्थमन्त्रीले डाकेको छलफलमा उनी पनि उपस्थित भएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए। त्यस्तै आयात नियन्त्रण कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा आजको छलफल केन्द्रित रहेको उनको भनाइ छ। चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा वैदेशिक मुद्रा सञ्चिति १६ दशमलव २ प्रतिशतले घटेको छ। असारमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कमी आई २०७८ माघ मसान्तमा ११ खर्ब ७३ अर्ब २ करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड कायम भएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट