काठमाण्डौ ।नेपाल एसबिआई बैंकले आफ्नो एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने जानकारी गराएको छ। नेपालमा रुपे कार्डको सुरुवात संयुक्त रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गरिएको हो ।
रुपे भारतको पहिलो विश्वव्यापी कार्ड भुक्तानी प्रणाली हो र नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाको प्रोडक्ट हो । नेपालमा रुपे को सुरुवातले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अध्याय थप्ने कम्पनीले जनाएको छ ।
नेपालमा रुपे ब्रान्डेडका कार्डहरू स्वीकार हुने एक मात्र बैंक नेपाल एसबिआई बैंक लिमिटेड हो। हाल, रुपे कार्डका सबै भेरियन्टहरू नेपाल एसबिआई बैंकको पिओएस मेसिनहरूमा प्रयोग गर्न सकिन्छ भने रुपे कार्डका ग्लोबल भेरियन्ट नेपाल एसबिआई बैंकको एटिएम टर्मिनलहरूमा प्रयोग गर्न सकिन्छ।
अर्थ चाैतारी ।