logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • एनएमबिको विस्तारित काउण्टर हिमालय सुगर मिल्समा

    एनएमबिको विस्तारित काउण्टर हिमालय सुगर मिल्समा

    7.2K
    SHARES
    एनएमबिको विस्तारित काउण्टर हिमालय सुगर मिल्समा

    काठमाण्डौ । एनएमबि बैंकले सिरहाको नरहा–३ स्थित हिमालय सुगर मिल्स परिसरमा ११ औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ ।



    हिमालय सुगर मिल्सको तर्फबाट महा–प्रवन्धकद्वय अवध किशोर यादव र एस एन कुशवाहा तथा एनएमबि बैंक मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरु मिथिलेस कुमार झा, कमलेश प्रसाद यादव, अपरेशन म्यानेजर राज कुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी संजीव झा लगायत सर्वसाधारणहरूको उपस्थितिमा आयोजित एक कार्यक्रम माझ गत सोमबार विस्तारित काउण्टरको विधिवत उद्घाटन भएको हो ।

    उक्त काउण्टरको स्थापना पूर्वनै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको जनाएको छ । बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता पनि गरिसकेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २३ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट