काठमाण्डौ । सेयर बजारमा लगानी गरी अवसर खोज्ने इच्छुक युवाहरुको लागि वीरगञ्जमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
सन् २०११ मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित भएको एनआईबीएल एस क्यापिटल लिमिटेडले सो कार्यक्रममा डीपी पार्टनरको रुपमा उपस्थित भई निशुल्क डिम्याट खाता खोल्ने कार्यक्रम पनि सञ्चालन गरेको थियो। एनआईबीएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ, संस्थागत परामर्श सेवा, लगानी व्यवस्थापन सेवा र निक्षेप सदस्यका अन्य वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ।
ब्रोकर नं २२ सिप्रवी सेक्यूरिटीज प्रालीले आयोजना गरेको उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश एवं नेपाली यूवा उद्यमी सञ्जाल वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जको होटल लर्डस दियालोमा सम्पन्न भएको हो। वीरगञ्जका विभिन्न आधा दर्जन कलेजका छात्रछात्राहरुको समेत सहभागिता भएको कार्यक्रमको उद्घाटन गर्दै वीरगञ्जका मेयर सरावगीले सेयर बजार पछिल्लो समय अवसर खोज्नेहरुको लागि राम्रो प्लेटफर्म भएको चर्चा गर्दै लगानी गर्दा धेरै कुरामा सचेत भई लगानी गर्ने सुझाव समेत दिए। आगामी दिनमा पनि आयोजना हुने यस्ता कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडले सहभागी हुने जनाएको छ।
अर्थ चाैतारी ।