logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा

    ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा

    3.2K
    SHARES
    ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा

    काठमाण्डौ । ज्योति विकास बैंकले लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।



    लहान नगरपालिका वडा नम्बर ८ सिरहास्थित लहान शाखाको समुद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे । साथै, कटारी नगरपालिका वडा नम्बर ४ उदयपुरस्थित कटारी शाखाको समुद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरे ।

    उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।


    अर्थ चाैतारी
  • विहिबार, २४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट