logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • तपाईहरु नआत्तिनुस ६ महिनालाई पुग्ने डलर राष्ट्र बैकसंग छः प्रवक्ता भट्ट

    तपाईहरु नआत्तिनुस ६ महिनालाई पुग्ने डलर राष्ट्र बैकसंग छः प्रवक्ता भट्ट

    7K
    SHARES
    तपाईहरु नआत्तिनुस ६ महिनालाई पुग्ने डलर राष्ट्र बैकसंग छः प्रवक्ता भट्ट

    काठमाण्डौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय निरन्तर घट्दै गएको विदेशी मुद्राको सञ्चितिकै लागि विलासिताका बस्तुहरुको आयातमा रोक लगाएपनि राष्ट्र बैकसंग ६ महिनाका लागि पुग्ने डलर बाँकी रहेको बताएका छन् । पछिल्लो समय उच्च आयातकाबीच बढ्दो सोधानान्तर घाटासँगै विदेशी मुद्राको सञ्चितिमा समेत तीब्र दबाब पर्न थालेपछि बाध्य भएर राष्ट्र बैंकले यस्ता वस्तुहरुको आयातमा नियन्त्रण नीति लिनु परेको उनले बताए ।



    उनले भने, ‘अहिलेको सबै भन्दा ठूलो चुनौती विषय भनेको विदेशी मुद्रा सञ्चिति व्यवस्थापनको हो । यदि हामीले समयमा नै सर्तकता नअपनाउने हो भने जेपनि हुनसक्छ । त्यसैले राष्ट्र बैंकले अहिले संभावित जोखिमको रोकथाम गर्न लागेको छ । मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिनको लागि राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवस्थापन गर्न केही बस्तुको आयात रोक लगाएको हो ।’ तर, अहिले बाहिर हल्ला गरे जस्तो मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको उनले बताए ।

    ‘अहिले पनि राष्ट्र बैंकसँग ६/७ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको छ । राष्ट्र बैंकले विलासी वस्तुको आयातमा गरेको कडाई, रेमिट्यान्स आयातको सुधारसँगै पछिल्लो समय पर्यटन क्षेत्रमा समेत सुधारका आशाहरू देखिएका छन् । यसले अर्थतन्त्र लयमा फर्किने संकेतहरु देखा परेका छन्’ उनले भने ।

    अर्थतन्त्रको अहिलको अवस्थालाई दुई वटा पक्षबाट हेर्नुपर्ने बताउँदै प्रवक्ता भट्टले कुनै पनि कुरालाई एकाङकी रुपमा रुपमा हेर्ननहुने बताए । एउटा पक्ष समष्ठिगत आर्थिक स्थायित्वका आधारमा केही दबाब देखिएपनि मुख्य रुपमा विदेशी विनिमय सञ्चितीमा कमि आउनुमा बाह्य कारण प्रमुख रहेको बताए । यसैको रक्षका लागि राष्ट्र बैंकले पछिल्लो समय सुन चाँदी, सवारीसाधन लगायत अन्य विलासिताका वस्तुहरुको आयातमा कडाई गरिएको बताए ।


    अर्थ चाैतारी
  • विहिबार, २४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट