logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • वास्तविक विवरणको आधारमा मात्रै सिमकार्ड वितरण गर्न निर्देशन

    वास्तविक विवरणको आधारमा मात्रै सिमकार्ड वितरण गर्न निर्देशन

    4.3K
    SHARES
    वास्तविक विवरणको आधारमा मात्रै सिमकार्ड वितरण गर्न निर्देशन

    काठमाण्डौ । नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकका सिमकार्ड तथा रिमकार्डहरु बिक्री वितरण गर्दा केवाईसी (KYC) फारम भरेर मात्र वितरण गर्न निर्देशन दिएको छ ।



    नेपाल दुरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले सूचना जारी गर्दै रितपूर्वक नभरी र नियमानुसार कागजातहरु रुजु नगरी सेवा प्रदायकहरुबाट सिमकार्ड तथा रिमकार्ड बिक्री वितरण भइरहेको पाइएकोले नियम अनुसार गर्न आग्रह गरेको हो ।

    साथै, प्राधिकरणले आफ्नै वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड तथा रिमकार्ड खरिद गर्न ग्राहकहरुलाई आग्रह गरेको छ । प्राधिकरणले सूचनाविपरित सिमकार्ड तथा रिमकार्ड बिक्रीवितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत जनाएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २६ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट