काठमाण्डौ । भिभोले भी र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू भि२३ फाइभजी, वाई३३एस र वाई०१ नेपालमा सार्वजनिक गरेको छ।
नयाँ स्मार्टफोन प्रयोगकर्ताहरूलाई हरेक मूल्यविन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको कम्पनीले जनाएको छ। भी२३ फाइभजी एक नवीनतम स्मार्टफोन हो जुन उल्लेखनीय पोर्ट«टहरू र सेल्फीहरूका लागि असाधारण फोटोग्राफी सुविधाहरूसहित ट्रेन्ड सेटिङ डिजाइन र उच्च प्रदर्शनका साथ आउँछ।
भी२३ फाइभजीको ५० एमपी अटोफोकस पोर्ट«ेट सेल्फी, ६४एमपी सुपर–सेन्सिङ क्यामेरा र ८एमपी सुपर वाइड–एंगल क्यामेराले क्यामेरा प्रदर्शन र डिजाइन सुन्दरतामा नयाँ मापदण्डहरू कायम गरेको छ। भिभोले मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरेको छ जुन प्रत्यक्ष सूर्यको किरणमा रङ परिवर्तन भएर अझ बढी आकर्षक देखिने कम्पनीले जनाएको छ।
अत्यधिक अपेक्षा राख्ने उपभोक्ताहरू, स्टाइल–सचेत ट्रेन्ड सेटरहरू र उच्च–कार्यसम्पादन फोटोग्राफरहरूले भि२३ फाइभजीमा सुन्दर डिजाइन, प्रिमियम फोटोग्राफी सुविधाहरू र गेमिङका लागि फाइभजी प्रदर्शनका साथै महत्वपूर्ण कार्य र स्रोत वृद्धिकर एपहरूको एक आदर्श संयोजन पाउँनेछन् । भिभो नेपालका सीईओ माइकलले भिभोमा नयाँ तरिकाहरू खोज्ने प्रयोगकर्ताहरुका लागि अत्याधुनिक क्षमताहरू र स्टाइलको संयोजन गरी उत्कृष्ट मोबाइल अनुभव सिर्जना गर्ने प्रयास गरेको बताए।
भी२३ फाइभजीको डुअल–टोन स्पटलाइट र फ्रन्टको क्यामेराको एआई एक्स्ट्रिम नाइट पोर्ट«ेट मोडको साथमा उत्तम नाइट पोट्र्रेटहरूबाट अँध्यारो प्रकाशमा राम्रो सटहरू लिन सकिन्छ। मनमोहक पार्टी दृश्यहरू खिच्न र विशेष पलहरू खिच्ने थप रमाइलो तरिकाहरूका लागि बहु–शैली पोर्ट«ेट सुविधा उपलब्ध छन्। भी२३ फाइभजीमा फोरके सेल्फी भिडियो पनि छ जहाँ प्रयोगकर्ताले उच्च स्पष्टताका साथ भिडियो खिच्न सक्छन्। भी२३ फाइभजी ७.३९एमएम अल्ट्रा–स्लिम बडी र मेटल फ्ल्याट फ्रेममा विविध आकर्षणका साथ बहुशैलीका लागि योग्य बनाउँदै अद्वितीय लुक र अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीको दाबी छ।
डिजाइनलाई सुपर फाइन र टेक्स्चर अनुभूति प्रदान गर्न फ्लोराइट एजी ग्लासले समादर गरेको छ जुन स्पर्श गर्दा नरम हुनुका साथै फिंगरप्रिन्टहरू प्रतिरोधी छ। भी२३ फाइभजीले मिडियाटेक डाइमेन्सीटी ९२० प्रोसेसरमार्फत फ्ल्यागशिप स्तरको कार्यसम्पादन प्रदान गर्दछ। गेमरहरूले ९० हर्ट्ज रिफ्रेस रेट डिस्प्ले, एक्सटेन्डेड र्याम २.०, लिक्विड कुलिङ सिस्टम र अप्टिमल गेमप्लेको लागि अल्ट्रा गेम मोडको साथ सुपर स्मूद प्रदर्शनको आनन्द लिन सक्छन्। भी२३ फाइभजीमा ४४ वाट्ट फ्ल्यासचार्ज क्षमता पनि छ जसले सुपर स्लिम ४२००एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमा पावर अप गर्न सक्छ।
त्यस्तै वाई३३एसको सार्वजनिकसँगै ‘फिचर–रिच स्मार्टफोन्स’मार्फत बजेट–अनुकूल श्रेणीमा अर्थपूर्ण नविनताहरू प्रदान गर्दै युवाहरू¬¬लाई लक्षित गर्ने भिभोको दृष्टिकोणलाई अगाडि बढाएको छ। ट्रिपल क्यामेराको संयोजनले सुसज्जित, भिभो वाई३३एस ले फोटोग्राफीलाई रचनात्मक अनुभव बनाउन ५० एमपी रियर क्यामेरा, २एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेरा प्रस्तुत गर्दछ । ५० एमपी रियर क्यामेरा सेन्सरले व्यावसायिक क्यामेराको बराबर प्रकाश–इनटेक अनुमति दिन्छ र उच्च स्पष्टता फोटोग्राफीलाई पुनः परिभाषित गर्दछ।
यसबाहेक, सुपर नाइट सेल्फी आवाज घटाउने प्रविधि र औरा स्क्रिन लाइटले रातमा प्राकृतिक र स्पष्ट तस्बिरहरूका लागि प्रकाश प्रदान गर्दछ । वाई३३एसमा सुपर–शक्तिशाली, लामो समयसम्म चल्ने ५०००एमएएच ब्याट्री, ५०एमपी रियर क्यामेरा, र १८ वाट्ट फास्ट चार्ज रहेको छ। स्लिम ८.० एमएम स्लीक बडीमा प्याक गरिएको उत्कृष्ट क्यामेराको साथ स्मार्टफोनले सिमलेस स्मार्टफोन अनुभव प्रदान गर्दछ । भिभो वाई३३एस अत्याधुनिक सुविधाहरू भएका पावर–प्याक्ड उपकरणहरू माग गर्ने युवाहरूको जीवनशैलीसँग मेल खाने र ‘अन द गो’ जेनरेसनका लागि बनाइएको छ।
वाई०१ को स्टाइलिश थ्रीडी ब्याक कभरले सुसज्जित ८.२८ एमएम पातलो बडीले ट्रेन्डी लुक दिन्छ। यो एक सुपर स्लिम बडीसँग आश्चर्यजनक देखिन्छ र आरामदायक ग्रिप प्रदान गर्दछ। ठूलो ब्याट्री र प्रोसेसर भएपनि यो १७८ ग्राम तौलको अत्यन्तै हल्का स्मार्टफोन हो। ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्लेले उत्कृष्ट स्ट्रिमिङ अनुभव प्रदान गर्दछ । यो डिभाइसमा ५०००एमएएच ब्याट्री रहेको छ जसले प्रयोगकर्ताहरूलाई हेलियो पी३५ प्रोसेसर र विशेष मल्टि–टर्बो ३.० टेक्नोलोजीद्वारा समर्थित २+३२ जीबी र्यामको साथ एकै चार्जमा धेरै कामहरु गर्न र उच्च ग्राफिक गेमहरू चलाउन अनुमति दिन्छ।
मूल्य र उपलब्धता
भिभोका तीनवटा स्मार्टफोनहरु भी२३ फाइभजी, वाई३३एस, वाई०१ आजबाट देशभर उपलब्ध हुनेछन्। भिभो भी२३ फाइभजीको मूल्य ५५ हजार ९९९ रुपैयाँ छ। यो ८जीबी प्लस १२८जीबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध हुने कम्पनीको भनाइ छ।
वाई३३एस २९ हजार ९९९ रुपैयाँमा ८जीबी प्लस १२८जीबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रिम रंगमा उपलब्ध हुनेछ । वाई०१ १३ हजार ९९९ मा २जीबी प्लस ३२जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लू रंग उपलब्ध हुनेछ।
अर्थ चाैतारी ।