logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारले आकर्षक छुट दिने

    बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारले आकर्षक छुट दिने

    5.7K
    SHARES
    बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारले आकर्षक छुट दिने

    काठमाण्डौ । बुद्ध एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा बुद्ध एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई प्रत्येक बोर्डिङ पासमा केबल कार आउजाउमा आकर्षक छुटको प्याकेज ल्याएको छ ।



    बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा उपलब्ध छ। बुद्ध एयरले काठमाडौंबाट दैनिक १० भन्दा बढी पोखराको उडान भर्दैै आएको छ। त्यसैगरी धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ ।

    नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्ने घोषणा पनि गरिसकेको छ। यी गन्तव्यहरुबाट पोखरा सिधा उडान भर्ने सबै यात्रुहरु यो योजनाबाट लाभान्वित हुनेछन्। बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बिचक्राफ्ट जहाजहरु रहेका छन्।


    अर्थ चाैतारी
  • आइतबार, २७ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट