logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • श्रोत नखोजि डलर बैंकमा जम्मा गर्न लगाए राष्ट्रको संकट हट्छ: विजय पौडेल

    श्रोत नखोजि डलर बैंकमा जम्मा गर्न लगाए राष्ट्रको संकट हट्छ: विजय पौडेल

    7.6K
    SHARES
    श्रोत नखोजि डलर बैंकमा जम्मा गर्न लगाए राष्ट्रको संकट हट्छ: विजय पौडेल

    काठमाण्डौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेलले विदेशबाट आउने रकमको श्रोत नखोज्ने हो भने राष्ट्रको संकट हट्ने दाबी गरेका छन्।



    सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमामा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले यस्तो बताएका हुन्। उनले नेपालमा चर्चा भएजत्तिको आर्थिक संकट नभएको भन्दै विदेशमा आफन्त भएका परिवारहरुलाई श्रोत नखोजि ५/७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको संकट हट्ने बताए।

    उपमहासचिव पौडेलले रकम बढी परिचालनमा ल्याउनको लागि अहिले उद्योग व्यवसायमा केही व्यवसायीहरुले तिर्न नसकेको ऋणलाई पुनः पुँजीकरणको सुविधा दिनुपर्ने बताए। उनले ऋणमा रहेका व्यवसायीहरुलाई सरकारले पुनः पुँजीकरणको सुविधा दिँदा व्यापारीहरू पनि कालो सूची (ब्ल्याक लिस्ट) मा नपर्ने र काम पनि हुने बताए।


    अर्थ चाैतारी
  • सोमबार, २८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट