logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • भायानेटका ग्राहकले मिदास ई–क्लास निःशुल्क चलाउन पाउने

    भायानेटका ग्राहकले मिदास ई–क्लास निःशुल्क चलाउन पाउने

    2.2K
    SHARES
    भायानेटका ग्राहकले मिदास ई–क्लास निःशुल्क चलाउन पाउने

    काठमाण्डौ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई–लर्निङको सुरुआतकर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ। यो सहकार्यसँगै भायानेटका सबै ग्राहकले मिदास ई–क्लास १ महिना निःशुल्क चलाउन पाउनेछन्।



    नर्सरीदेखि कक्षा १० सम्मका लागि सरकारद्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास ई–क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइटमार्फत प्रयोग गर्न सकिन्छ। विभिन्न ट्युटोरियल भिडियो, क्विज र विभिन्न अन्तर्क्रियात्मक कार्यक्रम रहेको यो सेवाले अनलाइन सिकाइलाई अझ सहज र रमाइलो बनाउँछ।

    मिदास ई–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरुले आफ्ना विद्यार्थीलाई लाइभ सिकाउन र विद्यार्थीसँग अन्तर्क्रिया गर्न सक्छन्। विद्यालय अध्यनरत विद्यार्थीका लागि फलामे ढोका मानिने एसईई नजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीलाई यो सहकार्यले विशेष फाइदा पुग्ने आशा गरिएको छ।

    भायनेटले वैशाख २०७९ सम्म आफ्नो ग्राहकलाई मिदास ई–क्लास एक महिना निशुल्क चलाउन दिने भएको छ। भायनेटका ग्राहकले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एपमार्फत लगइन गरी मिदास ई–क्लास दाबी गर्नुपर्नेछ। उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाका लागि परिचित भायनेटले आफ्ना ग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न नेपाल र बाहिरका प्रख्यात संस्थासँग साझेदारी गर्दै आएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट