logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • नेप्सेमा ४४ अंकले ओरालो, सवा २ अर्बको कारोबार

    नेप्सेमा ४४ अंकले ओरालो, सवा २ अर्बको कारोबार

    4.3K
    SHARES
    नेप्सेमा ४४ अंकले ओरालो, सवा २ अर्बको कारोबार

    काठमाण्डौ । सेयर बजार सोमबार ४४.५६ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २४१९.८० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.८७ अंकले घटेर ४५४.८७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।



    यो दिन अन्य समूह सर्वाधिक ४.६२ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह ३.१५ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.८८ प्रतिशत, व्यापार समूहमा २.७८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.२२ प्रतिशत, विकास बैंक समूहमा १.५१ प्रतिशत, जलविद्युत समूहमा २.१४ प्रतिशत, वित्त समूहमा २.३८ प्रतिशत, निर्जीवन बीमा समूहमा १.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.२ प्रतिशत, लघुवित्त समूहमा १.०७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७ प्रतिशत र लगानी समूहमा २.३५ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ५० लाख ९५ हजार ८३४ कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १६ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको ७ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ६ करोड ९२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ८६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ७८ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ६ करोड ११ लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड ८८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ७५ लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ८४ लाख रुपैयाँ र नागरिक लगानी कोषको ४ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    यो दिन नेष्डो समृद्ध लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरु मालामाल भए। नेष्डोको सेयरमूल्यमा १० प्रतिशत तथा जाल्पाको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। आज इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवैको कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट