logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • यस्तो छ नेपाल टेलिकमको नयाँ वर्षको अफर

    यस्तो छ नेपाल टेलिकमको नयाँ वर्षको अफर

    8.5K
    SHARES
    यस्तो छ नेपाल टेलिकमको नयाँ वर्षको अफर

    काठमाडौ। नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ। विश्वभर रहेका नेपालीले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षका अवसरमा ग्राहकका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको हो। यो अफर भोलि अर्थात् चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ।



    यो अफरअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ। यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिनेछ। *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।

    यसका साथै रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ। यस अफरबाट सम्पूर्ण ग्राहक लाभान्वित हुने भन्नेमा कम्पनी विश्वस्त छ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट