logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • यती एयरलाइन्ससँगको सहकार्यमा सानिमा जनरल इन्स्योरेन्सले ल्यायो नयाँ वर्ष अफर

    यती एयरलाइन्ससँगको सहकार्यमा सानिमा जनरल इन्स्योरेन्सले ल्यायो नयाँ वर्ष अफर

    10.1K
    SHARES
    यती एयरलाइन्ससँगको सहकार्यमा सानिमा जनरल इन्स्योरेन्सले ल्यायो नयाँ वर्ष अफर

    काठमाण्डौ । नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यती एयरलाइन्ससँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ नामक नयाँ अफर ल्याएको छ। सानिमाले यती एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यती एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गर्दा यो अफर ल्याएको हो। यो नयाँ अफर दुर्घटना बीमा कभरेज प्रदान गर्न ल्याइएको हो।



    ‘हामी हाम्रा ग्राहकको उत्कृष्ट साझेदार हुनका लागि उत्पादनहरुदेखि सेवाहरुसम्मका सबै पक्षमा निरन्तर नवीनता र सुधारमा विश्वास गर्छौं’, सानिमाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो प्रतिबद्धताले हामीलाई हरेक पटक सही काम गर्न प्रेरित गर्छ। वर्षौंदेखि सानिमा जनरल इन्स्योरेन्सले सबै प्रकारका सामान्य बीमा कभरेजहरु उपलब्ध गराउँदै आएको छ।’

    सानिमा जनरल इन्स्योरेन्सकी डेपुटी महाप्रबन्धक रेना रिजालका अनुसार यो अफर १४ अप्रिल २०२२ देखि लागू हुनेछ। यो अफर यतिको मोबाइल एप र वेबसाइटमार्फत टिकट खरिद गर्ने यात्रुका लागि उपलब्ध हुनेछ। यो समझदारीअन्तर्गत यात्रुले यात्राको मितिदेखि ३० दिनको अवधिका लागि रु. १ लाखसम्म बीमा रकम पाउनेछन्। ३० दिनको अवधिमा एक पटकभन्दा बढी यात्रा गर्ने यात्रुलाई यो नीति यात्राको अन्तिम मितिदेखि लागू हुनेछ।

    यात्रुले बीमा अवधिमा दुर्घटना भएमा रु. १० हजारसम्मको औषधि उपचार र दुर्घटनामा मृत्यु भएमा सतप्रतिशत बीमा रकम पाउनेछन्। बीमा समितिको नीतिअनुसार बीमा दाबी गर्ने अधिकार सानिमा जनरल इन्स्योरेन्सको हुनेछ रिजालले जानकारी दिइन्। यो अफर ३ महिनाका लागि मान्य हुनेछ र नेपाली नागरिकका लागिमात्र लागू हुनेछ। सानिमा जनरल इन्स्योरेन्सले सधैं ग्राहकको आवश्यकताअनुसार विभिन्न बीमा कभरेजहरु प्रदान गर्दै आएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट