logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सातकाे तेस्राेदिन मंगलबार नेप्से ३४.७८ अंकले ओरालो, डेढ अर्बमा खुम्चियो कारोबार

    सातकाे तेस्राेदिन मंगलबार नेप्से ३४.७८ अंकले ओरालो, डेढ अर्बमा खुम्चियो कारोबार

    4.3K
    SHARES
    सातकाे तेस्राेदिन मंगलबार नेप्से ३४.७८ अंकले ओरालो, डेढ अर्बमा खुम्चियो कारोबार

    काठमाण्डौ । सेयर बजार मंगलबार पनि दोहोरो अंकले ओरालो लागेको छ। बजार आज ३४.७९ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २३८५.०१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.७६ अंकले घटेर ४४९.१२ को विन्दुमा ओर्लेको छ।



    कारोबार पनि डेढ अर्ब रुपैयाँको हाराहारीमा खुम्चिएको थियो। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटामात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ।यो दिन होटेल तथा पर्यटन समूह मात्रै ०.१ प्रतिशतले उकालो लागेको छ।

    आज वित्त समूह सर्वाधिक २.४ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह सर्वाधिक २.३३ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.८१ प्रतिशत, व्यापार समूहमा १.८१ प्रतिशत, विकास बैंक समूहमा १.७१ प्रतिशत, जलविद्युत समूहमा १.७१ प्रतिशत, जलविद्युत समूहमा १.९ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७४ प्रतिशत, लघुवित्त समूहमा १.०७ प्रतिशत, जीवन बीमा समूहमा १.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२६ प्रतिशत र लगानी समूहमा २.०१ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँमा किनबेच भएका छन्।यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ४ करोड ३४ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ३ करोड ८८ लाख रुपैयाँ, निफ्राको ३ करोड ७० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ४६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ३१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १२ लाख रुपैयाँ, नेपाल बैंकको ३ करोड ३ लाख रुपैयाँ, अप्पर तामाकोशीको ३ करोड रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    यो दिन नेष्डो समृद्ध लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। आज इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट