logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • फ्लोरसिटबाट ब्रोकर र कारोबारीको क्रमसंख्या हटाउन नेप्सेलाई सेबोनको निर्देशन

    फ्लोरसिटबाट ब्रोकर र कारोबारीको क्रमसंख्या हटाउन नेप्सेलाई सेबोनको निर्देशन

    2.7K
    SHARES
    फ्लोरसिटबाट ब्रोकर र कारोबारीको क्रमसंख्या हटाउन नेप्सेलाई सेबोनको निर्देशन

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कारोबार समयमा फ्लोरसिटबाट धितोपत्र दलाल व्यवसायी (ब्रोकर) र सेयर कारोबारीको क्रमसंख्या हटाउन निर्देशन दिएको छ।



    सेबोनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रचार गर्दै कारोबार समयमा फ्लोरसिटबाट ब्रोकर र सेयर कारोबारको क्रमसंख्या खुल्ने विवरण हटाउन निर्देशन दिएको हो। कारोबार समयमा नै फ्लोरसिटमार्फत कारोबारमा संलग्न ब्रोकर तथा सेयर कारोबारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको छ। फ्लोरसिटबाट उक्त विवरण हटाउन सरोकारवाला पक्षबाटसुझाव तथा गुनासो प्राप्त सेबोनले जनाएको छ।

    त्यसैले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकूल नहुने गरी उक्त विवरण कारोबार समयपश्चात प्रवाह गर्ने व्यवस्था गर्न सेबोनले नेप्सेलाई निर्देशन दिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३० चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट