logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • बैशाख महिनामा वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने

    बैशाख महिनामा वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने

    3.1K
    SHARES
    बैशाख महिनामा वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने

    काठमाण्डौं । चैत महिनको अन्तिम दिन वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले ब्याजदर बढाएका छैनन्।



    चैत महिनामा ११.०३ प्रतिशत रहेको वाण्ज्यि बैंकहरुको अधिकतम ब्याजदर, बैशाख महिनामा पनि यथावत राखिएको छ। गत आइतबार बसेको नेपाल बैंकर्स संघको बैठकले बैशाखमा चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिने सहमति गरेको थियो। सोहि सहमति अनुसार बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेको हुन्।

    बैंकहरुले गत पुस र माघ महिनामा ब्याजदर नबढाए पनि फागुनमा भने बढाएर ११.०३ प्रतिशत पुर्याएका थिए। चैतमा त्यही ब्याजदर कायम गर्ने निर्णय गरेका थिए। आगामी बैशाखका लागि पनि निक्षेपको ब्याजदर नबढाउने निर्णयमा पुगेका थिए। ब्याजदर बढाउदा पनि निक्षेप नबढेपछि उनीहरु ब्याजदर यथावत राख्ने निर्णयमा पुगेका हुन्।


    अर्थ चाैतारी
  • बुधबार, ३० चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट