logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • साइन्टिफिक विजनेश हवले दियो बाँकेका प्रहरीलाई सेयर तालिम

    साइन्टिफिक विजनेश हवले दियो बाँकेका प्रहरीलाई सेयर तालिम

    2.9K
    SHARES
    साइन्टिफिक विजनेश हवले दियो बाँकेका प्रहरीलाई सेयर तालिम

    काठमाण्डौं । साइन्टिफिक विजनेश हवले साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीलाई सेयर बजारको विषयमा आधारभूत तालिम दिएको छ ।



    उक्त कार्यक्रममा बाँके जिल्लामा सेवारत प्रहरी जवान तथा अधिकृतहरू गरी ६२ जनाको सहभागिता रहेको थियो । तालिममा सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र मेरो सेयरबाट प्राथमिक बजारमा आइपिओ मार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी दिइएको छ । यस्तै असल कम्पनी छान्ने तरिका, सेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अनलाईन सेयर कारोबारको महत्व र यसबारे विशेष जानकारी दिइएको थियो ।

    साइन्टिफिक विजनेश हवका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीपको विषयमा जानकारी गराए । सेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिमकाबीच दोस्रो बजारमा कारोबार गर्नुपरेको अहिलेको अवस्थामा सेयर बजारको आधारभूत ज्ञान आवश्यक रहेको उनको भनाइ छ ।

    कार्यक्रमका सेयर बजार र परिचय, डिम्याट खाता र मेरो सेयरको बारेमा जानाकरी, प्राथमिक बजार र आइपीओ, दोस्रो बजार, सेयर बजारमा कसरी प्रवेश गर्ने, दोस्रो बजार र सेयर मूल्य निर्धारण, परिसूचक र सर्किट ब्रेक, लाभांश र हकप्रद सेयर, बुक क्लोज र मूल्य समायोजका विषयमा जानकारी गराइएको छ । यस्तै आधारभूत अनुपात जस्तैः प्रति सेयर आम्दानी, मूल्य आम्दानी अनुपात, किताबी मूल्य, ग्राम नम्बर, सेयर बजारलाई प्रभाव पार्ने तत्वहरू के के हुन्, वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, कम्पनी छान्ने तरिका र सेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका विषयमा जानकारी गराइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट