काठमाण्डौ । लगातार दुई दिन घटेर मंगलबार बढेको बजार बुधबार पुनः ओरालो लागेको छ। आज नेप्से परिसूचक ३६.७३ अंकले घटेर २३२०.५१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.६९ अंकले घटेर ४४१.०८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम डेढ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक ३.८२ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ३.०५ प्रतिशतले घट्दा आज बैंकिङ समूहमा ०.७२ प्रतिशत, व्यापार समूहमा ०.७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.२५ प्रतिशत, विकास बैंक समूहमा २.६१ प्रतिशत, जलविद्युत समूहमा २.१२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४८ प्रतिशत, लघुवित्त समूहमा १.५३ प्रतिशत, जीवन समूहमा १.९३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५ प्रतिशत र लगानी समूहमा १.५१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ३५ लाख ७० हजार १४ कित्ता सेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक १४ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ५ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको आज सिद्धार्थ बैंकको ४ करोड २९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड १५ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ५७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ३३ लाख रुपैयाँ, निफ्राको ३ करोड १८ लाख रुपैयाँ, मेरो मोइक्रोफाइनान्सको संस्थापक सेयर ३ करोड ११ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३ करोड ५ लाख रुपैयाँ र शिवम सिमेन्टको २ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेन्चर्सका सेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीका सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। यो दिन नेष्डो समृद्ध लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।
अर्थ चाैतारी ।