logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • दुई दिनमै बैंकबाट १२ अर्ब रुपैयाँ बाहिरियो

    दुई दिनमै बैंकबाट १२ अर्ब रुपैयाँ बाहिरियो

    3.3K
    SHARES
    दुई दिनमै बैंकबाट १२ अर्ब रुपैयाँ बाहिरियो

    काठमाण्डौ । नयाँ वर्ष लागेसँगै अनपेक्षित रुपमा बैंकहरुबाट १२ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार गत चैत ३० गतेदेखि बैंशाख २ गते, २०७९ सम्ममा २७ वाणिज्य बैंकहरुबाट १२ अर्ब रुपैयाँ निक्षेप गुमाउँदै ४३ खर्ब ७७ अर्ब रुपैयाँ मात्र संकलन गर्न सफल भएका हुन् ।



    यद्यपि, अघिल्लो हप्ता अर्थात् गत चैत २५ गतेदेखि ३० गतेसम्म ५ दिनमा नै एकैपटक ५५ बढाउँदै निक्षेप बढाएर ४३ खर्ब ८९ अर्ब रुपैयाँ संकलन गरेका थिए । यस्तो निक्षेप चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खाता बन्द गर्ने समय भएकाले बैंकमा पैसा थुप्रिन गएको थियो । तर, चौथो त्रैमास शुरु भएको दुई दिनमा नै बैंकबाट निक्षेप बाहिरिन थालेको छ । यस्तो पैसा स्थानीय निर्वाचन नजिकिएसँगै उद्योगी व्यवसायी तथा राजनीतिज्ञहरुले भटाभट झिक्न थालेको देखिएको छ ।

    तर यता कर्जा लगानीतर्फ भने समीक्षा अवधिमा बैंकहरुले दुई अर्ब रुपैयाँले मात्र वृद्धि गर्दै कुल ४१ खर्ब ९५ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो हप्ता (चैत २५ गतेदेखि ३० गतेसम्म) बैंकहरुले अधिकतम २० अर्बले लगानी बढाउँदै ४१ खर्ब ९७ अर्ब रुपैयाँ लगानी गरेका थिए । गत चैत २५ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले जम्मा ४१ खर्ब ७७ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका थिए ।

     


    अर्थ चाैतारी
  • विहिबार, ८ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट