काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ९ सिरिजअन्तर्गत नयाँ फोन रियलमी ९ सार्वजनिक गरेको छ। यो स्मार्टफोन अर्को सातादेखि दराज र सबै मेनलाइन च्यानलहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उत्कृष्ट प्रोलाइट क्यामेरा र सामसङ आईएसओसेल एचएम६ इमेज सेन्सर साथ आएकोे रियलमी ९ विश्वको पहिलो स्मार्टफोन मध्ये एक हो।
यसले कम प्रकाशमा पनि फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्दछ। १०८ एमपी प्रोलाइट क्यामेरामा ८ एमपी रिजोल्युसनको साथ १२० डिग्री सुपर वाइड क्यामेरा र २ एमपी रिजोल्युसनको साथ ४ सेमी म्याक्रो क्यामेरा छन्। रियलमी ९ स्न्यापड्रागन ६८० प्रोसेसरसहित ६ एनएम प्रक्रियामा आधारित छ। यो स्मार्टफोनमा १०२४० स्तरको ब्राइटनेस समायोजनको साथ ९० हर्जको सुपर एमोलेड डिस्प्ले रहेको छ साथै यसमा भएको १६ एमपी सेल्फी क्यामेराले अँध्यारोमा पनि प्राकृतिक र उत्कृष्ट सेल्फी लिन सकिने कम्पनीको दाबी छ।
कम्पनीले भनेको छ, ‘यो फोन ३३ वाट डार्ट टेक्नोलोजी द्वारा समर्थित ५००० एमएएच् मेगा ब्याट्री सँग सुसज्जित छ। रियलमी ९ मा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन रहेको छ जसले प्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्दछ। यसले मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, र डायनामिक ¥याम विस्तार प्रविधि डीआरई पनि समावेश गरेको छ जसले पहिले अवस्थित ¥याममा ५ जिबी सम्म थप्न सक्छ यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राम मात्र छ। यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्व इन्सटल्ड रियलमी यूआई ३.०सहित उपलब्ध छ।’
यो फोन दुई भिन्न भेरियन्ट र तीन भिन्न रंगहरु टारगेज ह्वाइट, सनबस्र्ट गोल्ड र मिटियर ब्ल्याकमा उपलब्ध छ। यसको मूल्य ८/१२८ जिबी भेरियन्टको लागि मूल्य ३३ हजार ४९९ र ६/१२८ जिबी भेरियन्टको लागि मूल्य ३१ हजार ४९९ रुपैयाँ तोकिएको छ । ८/१२८ जिबी भेरियन्ट अर्को साता देखि खरीदको लागि उपलब्ध हुनेछ।
अर्थ चाैतारी ।