काठमाण्डौ । विश्वकै अग्रणी प्राविधिक ब्राण्ड “ओप्पो” र ह्याकाथन विशेषज्ञ “ह्याकहब”को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई एकतृत गर्दै उदयीमान प्रविधि (सुदृढ दृश्यांकन (भिजुअलाइजेशन), सुदृढ कम्प्युटरिङ्ग र निर्वाध क्रस–डिभाईस कनेक्शनका माध्यमबाट विश्वका वास्तविक समस्याको निवारण खोज्ने उद्येश्यले यो कार्यक्रम गर्न लागेको जनाएको छ ।
ओप्पोको ब्राण्ड प्रस्ताव “ईन्पिरेशन अहेड” संग जोडिएको ओप्पोह्याक २०२२ ले प्राविधिक नवप्रबर्तकहरुलाई अनिश्चितताको समयमा पनि प्रविधिको प्रयोग मार्फत मानव जातीले सामना गर्ने सबैभन्दा चुनौतिपूर्ण समस्याको समाधानका लागि उत्प्रेरित गर्ने कम्पनीको लक्ष्य रहेको छ । ओप्पोह्याक २०२२ मार्फत प्रविधि पे्रमीहरुलाई आफ्नो प्रतिभाको परिक्षण गर्ने अवसर प्रदान गर्नुका साथै ओप्पोले ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सलेरेटर पनि सार्वजनिक गरेको छ ।
ओप्पोह्याक २०२२ मा, सहभागीहरुले कलरओएस १२ का नयाँ अपडेट, ओप्पोको सिग्नेचर अपरेटिङ सिस्टम डिजाइन, कनेक्टिभिटी, प्राइभेसी र थप नवीन प्रविधिहरु नजिकबाट हेर्न पाउनेछन् । यो एउटा पीसी कनेक्ट जस्तै हो, जसले तपाईको फोन र कम्पयुटर बीच सीमलेस अन्तरक्रिया सिर्जना गर्दछ । प्रविधि र कार्य टोलीको शक्तिमा विश्वास गर्ने ओप्पोह्याक, १२ विश्वविद्यालयहरु, २० इन्क्युबेटरहरु र विश्वभरका ५०० भन्दा बढी व्यक्तिहरुसँग जोडिएर भोलीको अन्तर सम्बन्धित समस्याहरु समाधान गर्नका लागि सहकार्य र प्रतिस्पर्धा गर्ने ह्याकथन हाे।
ओप्पोह्याक ले हकाथनका २ राउण्ड सहित हाइब्रिड मोड प्रतियोगिता पनि ल्याएको छ । फाइनल राउन्डमा प्रवेश गर्ने टोलीहरुले पहिलो विकासका स्रोतहरु र उपकरणहरु प्राप्त गर्नेछन् । यस्तै प्रथम हुनेले ४०,००० डलर बराबरको कुल नगद पुरस्कार जित्न सक्ने छन् । हकाथनको प्रारम्भिक राउण्ड दुई सह–होस्ट शहरहरुमा अफलाइन हुनेछ र अनलाइन सहभागिता पनि स्वीकार गर्नेछ । दर्ता भएपछि, व्यक्तिगत रुपमा वा भर्चुअलि सहभागि भएका सह–होस्ट हकाथनहरुमध्ये एक छनौट गर्नुपर्नेछ । फाइनल राउण्ड सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरुमा प्रत्यक्ष प्रसारण हुनेछ । मे २३ २०२२ देखि खुलिसकेको आधिकारिक दर्ता oppohack.com मा आवेदन दिन सक्नेछन्।
अर्थ चाैतारी ।