logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • ज्योति लाईफको ‘गो डिजिटल क्याम्पेन’ सुरु

    ज्योति लाईफको ‘गो डिजिटल क्याम्पेन’ सुरु

    2.8K
    SHARES
    ज्योति लाईफको ‘गो डिजिटल क्याम्पेन’ सुरु

    काठमाण्डौ । आफ्नो सेवा प्रारम्भ देखि नै प्रविधिको प्रयोगलाइ प्राथमिकतमा राखी अधिकतम रुपमा प्रविधिको उपयोग गर्दै कार्य गरिरहेको ज्योति लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा बीमितहरुलाइ प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्धेश्यले ‘गो डिजिटल क्यामपेन’ को शुरुवात गरेको छ ।



    यो क्याम्पेन को पहिलो कार्यक्रम बाग्मती प्रदेश अन्तर्गत काठमाण्डौ उपत्यका भित्रका ५० भन्दा बढी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको उपस्थितमा केन्द्रिय कार्यलयको तालिम हलमा सम्पन्न भएको थियो । कार्यक्रममा कम्पनीका सूचना प्रविधि विभाग प्रमुखले ज्योति लाईफले उपयोगमा ल्याएका स्मार्ट एप, अनलाईन मार्फत बीमाशुल्क भुक्तानी, क्यू आर कोर्ड मार्फत बीमा शुल्क भुक्तानी, अनलाइनबाट नै जीवन बीमा गर्ने तरिका, बैदेशिक रोजगार बीमालेख लिने तरिका, ज्योति बुट को माध्यमबाट आफुलाइ आवश्यक परेको जानकारी मोबाइलबाट सजिलै लिन सकिने विषय जस्ता विविध डिजिटल प्रविधिहरुको बारेमा जानकारीमुलक प्रस्तुति दिदैं प्रविधिको उपयोगबाट लिन सकिने फाइदाहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा सहभागिहरुसंग दैनिक जिवनमा आइपर्ने कार्यमा डिजिटल च्यानलको उपयोग सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो । सोही कार्यक्रम मार्फत अभिकर्ताहरुलाइ उपयोगि हुने भिडियो समेत सार्बजनिक गरिएको छ ।

    ज्योति लाईफ प्रविधिको उच्चतम प्रयोगमा लागेको भन्दौ यस्ता किसिमका कार्यक्रमहरु क्रमशः प्रादेशिक स्तरमा विस्तार गर्दै प्रविधिको उपयोगमा सबैलाइ सहभागि गराउन प्रयास गर्ने कम्पनीको योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बताए ।


    अर्थ चाैतारी
  • सोमबार, २३ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट