logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • इ–सेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म ‘क्यासब्याक’ पाइने

    इ–सेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म ‘क्यासब्याक’ पाइने

    2.7K
    SHARES
    इ–सेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म ‘क्यासब्याक’ पाइने

    काठमाण्डौ । भुक्तानी सेवा प्रदायक इ–सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक अर्थात् पैसा फिर्ता पाइने भएको छ।



    इ–सेवामार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०।५ प्रतिशत अर्थात् अधिकतम एक हजारसम्म क्यासब्याक पाइने भएको हो। यस्तो क्यासब्याक ४८ घण्टाभित्र पाइनेछ। यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मितिबाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ। यसरी भुक्तानी गर्दा इ–सेवाले हाल इन्स्योरेन्स्को शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ।

    यस योजनामा हरेक दिन एक जनाले एक हजार र बम्पर उपहारमा एक लाख रुपैयाँ जित्न सकिनेछ। साथै मेटलाइफका कुनै पनि शाखा कार्यालयका काउण्टरबाट इसेवा तथा फोनपेको क्यूआरमार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ। हाल इसेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीको भनाइ छ।


    अर्थ चाैतारी
  • सोमबार, २३ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट