logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई काठमाण्डौ प्याथल्याबमा छुट

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई काठमाण्डौ प्याथल्याबमा छुट

    2.3K
    SHARES
    महालक्ष्मी विकास बैंकका ग्राहकलाई काठमाण्डौ प्याथल्याबमा छुट

    काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र काठमाण्डौको महाराजगन्जस्थित काठमाण्डौ प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टर प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।



    उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड र क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न स्वास्थ्य सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

    बैंकले प्रदेश नं. १ मा ५, मधेस प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ। बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।


    अर्थ चाैतारी
  • शनिबार, ४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट