logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • प्रदेश १ मा बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम

    प्रदेश १ मा बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम

    1.9K
    SHARES
    प्रदेश १ मा बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम

    काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले सबैलाई सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।



    बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता थियो।

    बैंकले आकर्षक विशेषताहरुसहित ४ गुणासम्मको प्रतिफल भएको ‘बीओके सुपर मुद्दति खाता’ सार्वजानिक गरेको थियो। उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दति खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा र मौज्दात रकमको ९०% सम्म ऋणको सुविधासहित रु. २ लाखसम्मको क्रेडिट कार्ड सुविधा रहेको छ। यसका साथै बीओके प्रिमियम प्लस बचत खातामा उच्चतम ब्याजदर ८.०३%को वार्षिक ब्याजदरसहित थुप्रै निःशुल्क सेवाहरु समावेश गरी ग्राहकको फाइदालाई ध्यानमा राखी सार्वजनिक गरेको हो।

    बैंकको प्रदेश १ अन्तर्गतका विराटचोक, विराटनगर, बिर्तामोड, बुधबारे, धरान, दिक्तेल, इटहरी, खाँदबारी, उर्लाबारी, दमक, तथा काँकरभित्तालगायत शाखा कार्यालयले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरी बैंकको नयाँ योजनाहरुका बारेमा जानकारी दिएका हुन्। बैंकले १०३ शाखा कार्यालय, ९७ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, ६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट