logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • ११ महिनामा भित्रियो ३८ अर्बको स्मार्टफोन

    ११ महिनामा भित्रियो ३८ अर्बको स्मार्टफोन

    2.2K
    SHARES
    ११ महिनामा भित्रियो ३८ अर्बको स्मार्टफोन

    काठमाण्डौ । चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ३८ अर्ब ८८ करोड रुपैयाँको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार ११ महिनामा उक्त मूल्य बराबरको मोबाइल फोन भित्रिएको हो ।



    साउनदेखि जेठसम्मको अवधिमा विदेशबाट ५६ लाख ४६ हजार सेट मोबाइल फोन भित्रिएको भन्सार तथ्याङ्कले देखाएको छ । यसैगरी, यस अवधिमा भित्रिएको उक्त परिणामको मोबाइल फोनबाट राज्यले ६ अर्ब १६ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ ।

    यस अवधिमा नेपाल भित्रिएका उक्त मूल्य बराबरको स्मार्टफोनमध्ये चीनबाट सबैभन्दा धेरै भित्रिएका छन् । चीनबाट ११ महिनाको अवधिमा २२ अर्ब ७७ करोड रुपैयाँ बराबरको ४४ लाख १३ हजार सेट फोन भित्रिएका छन् ।

    यसपछि, भारतबाट १२ अर्ब ७८ करोड रुपैयाँ बराबरको ९ लाख सेट फोन नेपाल भित्रिएको छ । यस्तै, कोरिया, बंगलादेश, हङकङ, भियतनाम लगायत दर्जन बढी मुलुकबाट नेपालमा मोबाइल फोन भित्रिँदै आइरहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट