काठमाण्डौ । एमाले सांसद पुष्पराज कँडेलले एमाले नेता विष्णु पौडेलको राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको आरोप लगाएका छन्। संसद्को आजको बैठकमा आफ्ना धारणा राख्दै उनले सरकारले पौडेललाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै आपत्ति जनाए।
‘उहाँलाई गत निर्वाचनमा उहाँका प्रतिस्पर्धी र अर्का वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिको पोलको आधारमा समातिएको भन्ने समाचारहरू आएका छन्,’ उनले भने, ‘उहाँको गिरफ्तारी गत चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो।’
सरकार विपक्षी दल र तिनका नेतालाई तर्साएर आफूनिकटकालाई उन्मुक्ति दिन उद्धत रहेको पनि आरोप लगाए। ‘यो गिरफ्तारी सम्पूर्ण विपक्षीहरूलाई तर्साउन र त्यसमा पनि नेकपा एमालेलाई बदनाम गर्ने उद्देश्यले प्रेरित छ। विष्णु पौडेल बेकसुर हुनुहुन्छ, उहाँ माथि प्रतिशोध साधिएको छ। तुरुन्त रिहाइ गरियोस्।’
उनले गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै उनले त्यो अभिलेख संसद्को रेकर्डबाट हटाउन पनि माग गरे।
अर्थ चाैतारी ।