logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • राष्ट्र बैंकले बढायो सुनचाँदी, असर्फी टकमरीको भाउ

    राष्ट्र बैंकले बढायो सुनचाँदी, असर्फी टकमरीको भाउ

    1.6K
    SHARES
    राष्ट्र बैंकले बढायो सुनचाँदी, असर्फी टकमरीको भाउ

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का तथा मेडालियनहरुको भाउ बढाएको छ । बिहीबार एक सूचना जारी गर्दै बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनहरुको टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि, २०७५ संशोधन गरिएको जनाएको हो ।



    २०७९ वैशाख १ गतेको बैंकको निर्णयअनुसार यसअघिको ऐनमा व्यवस्था भएको खण्ड (ख) बमोजिम गणना गरिएको आधारमा मूल्यमा टकमरी गर्दाको जर्ती लगायतको लागत वापत प्रतिग्राम २ सय रुपैयाँले थप गरि बिक्री वितरण गर्दै आएकोमा यसमा थप एक सय रुपैयाँले बढाई ३ सय रुपैयाँ पुर्याइएको बैंकले जनाएको छ । तर, यस्तो टकमरी सर्वसाधारणबाहेक नेपाल सरकारका निकायहरु वा निजी तथा सार्वजनिक संघ/संस्थाहरूबाट असर्फी खरिदको लागि माग भई आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा बिक्री गर्न सकिने समेत बैंकले बताएको छ ।

    यसरी बिक्री गर्दा सोही ऐनको खण्ड (ख) बमोजिमको आधार मूल्यमा जर्ती लगायतको लागत वापत प्रतिग्राम ५ सय रुपैयाँ थप गरी बिक्री मूल्य निर्धारण गरिने बैंकले जनाएको छ । यसअघि यस्तो टकमरीको बिक्रीमा प्रतिग्राम अधिकतम ३ सय रुपैयाँ मात्र थप गरी बिक्री गरिने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले विभिन्न अवसरमा विशेषगरी तिहारको धन्वन्तरी पूजाका दिनमा यस्तो सुनचाँदी, असर्फी, स्मारिका सिक्का, मेडालियनहरुको बिक्री वितरण गर्ने गर्छ ।


    अर्थ चाैतारी
  • विहिबार, ९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट