logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक लघु, घरेलु तथा साना उद्योग : उद्योगमन्त्री बडू

    अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक लघु, घरेलु तथा साना उद्योग : उद्योगमन्त्री बडू

    1.5K
    SHARES
    अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक लघु, घरेलु तथा साना उद्योग : उद्योगमन्त्री बडू

    काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग भएको बताएका छन्।



    ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ भन्ने मूल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रुपमा तयार गरेको ई–कमर्श साइट एमएसएमई डट कमको बिहीबार राजधानीमा आयोजित एक समारोहमा शुभारम्भ गर्दै मन्त्री बडूले भने, ‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक निजी क्षेत्र हो। त्यसमा घरेलु तथा साना उद्योगहरु मुलुकका मेरुदण्ड हुन्। यस्ता उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र हुन्।’

    यस्ता उद्योगहरु सरकारको प्राथमिकतामा रहेको बडूले बताए। उनले भने, ‘यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ, रोजगारी सिर्जना गर्दछ । यो क्षेत्रमा समस्या के–के छन्, समाधानका लागि के गर्नुपर्छ हामी छलफल गर्न तयार छौँ।’ लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई बजारीकरण, आधुनिक व्यापारीकरण र विश्वव्यापीकरणको मार्गमा लैजान ई–कमर्श साइट सञ्चालनमा ल्याइएकोमा बडूले खुसी व्यक्त गरे। ‘ई–कमर्समार्फत स्वदेशी वस्तुको प्रवर्द्धन र बजारीकरणका लागि सहज हुनेछ। यो क्षेत्रका लागि नयाँ अभ्यास हो। तपाइँहरुको यो प्रयासमा सरकारको साथ रहिरहनेछ।’

    मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवर्द्धन गर्ने र निर्यात व्यापार बढाउनेतर्फ सरकार क्रियाशील रहेको पनि बडूले बताए। आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएकोसमेत उनले बतिाए। लघु, घरेलु तथा साना उद्योगका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रुपमा कार्यक्रम अघि बढाएको बडूले बताए।


    अर्थ चाैतारी
  • विहिबार, ९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट