logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना

    आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना

    2.3K
    SHARES
    आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना

    काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्सले ‘आईएमई बालकिरण जीवन बीमा योजना’ ल्याएको छ ।  यो योजनाअनुसार बच्चाको जन्मलगत्तै बीमा गर्न सकिन्छ ।  जसमा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरणसहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ ।



    यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरूलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले उक्त विज्ञप्ति मार्पmत बताए ।

    खासगरी अभिभावक तथा नव अभिभावकहरुको लागि अत्यन्त उपयुक्त तथा सहज यस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बिरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने जानकारी पनि उनले दिए ।


    अर्थ चाैतारी
  • आइतबार, १२ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट