logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • युनाइटेड सिमेन्ट्सद्वारा ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण

    युनाइटेड सिमेन्ट्सद्वारा ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण

    1.6K
    SHARES
    युनाइटेड सिमेन्ट्सद्वारा ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण

    काठमाडौं । युनाइटेड सिमेन्ट्सले ललितपुरको लेलेस्थित महादेव खोलाका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ। युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महादेव युवा क्लबका अध्यक्ष अर्जुन लामाको अध्यक्षतामा गरिएको सो कार्यक्रममा सिमेन्ट्सका खानी प्रबन्धक हरि कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन्।



    सो कार्यक्रममा एसएम रोडा ढुंगाको पनि योगदान रहेको थियो। ४३ ग्रेड तथा ५३ ग्रेडको गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले आफ्नो उत्तरदायित्व वहन गर्न सधैँ तयार रहेको जानकारी गराएको छ।

     


    अर्थ चाैतारी
  • आइतबार, १२ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट