logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • सिटिजन्स बैंकको ९६ औं शाखा रहित रुकुममा बैंकिङ सेवा

    सिटिजन्स बैंकको ९६ औं शाखा रहित रुकुममा बैंकिङ सेवा

    1.5K
    SHARES
    सिटिजन्स बैंकको ९६ औं शाखा रहित रुकुममा बैंकिङ सेवा

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रुकुम जिल्लाको भुमे गाउँपालिकामा शाखारहित बैंकिङ सेवा सुभारम्भ गरेको छ । बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ ।



    सोही क्रममा रुकुमजिल्लाको भुमे गाउँपालिका –०९ चुनवाङ रुकुम पुर्वमा ९६ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । बैंकले उक्त स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

    उक्त शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य बैंकले राखेको छ ।

    बैंकले हाल देशैभरी फैलिएका आफ्ना १७५ वटा शाखा, १२७ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट