logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • प्रभु बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच मोको वालेटमार्फत भुक्तानी सेवा उपलब्ध गराउने सम्झौता

    प्रभु बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच मोको वालेटमार्फत भुक्तानी सेवा उपलब्ध गराउने सम्झौता

    1.6K
    SHARES
    प्रभु बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच मोको वालेटमार्फत भुक्तानी सेवा उपलब्ध गराउने सम्झौता

    काठमाण्डौ । प्रभु बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबीच प्रभु बैंकका ग्राहकलाई मोको डिजिटल वालेटमार्फत विद्युतीय भुक्तानी सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।



    प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा असार १२ गते आयोजित एक समारोहमा प्रभु बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र फोकसवान पेमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने प्रभु बैंकका ग्राहकले फोकसवान पेमेन्टद्वारा प्रवर्द्धित मोको डिजिटल वालेटमा नेपाल इलेक्टोनिक पेमेन्ट सिस्टम (नेप्स) को सहकार्यमा आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्ड लिंक गरी उक्त भिसा डेबिट तथा क्रेडिट कार्डबाट युटिलिटी बिल तिर्न, वस्तु तथा सेवा खरिदबापतको बिल भुक्तानी गर्न, हवाई टिकट खरिद गर्न तथा मोबाइल टपअपलगायतका विद्युतीय भुक्तानीसम्बन्धी सेवाहरु सजिलै उपभोग गर्न सक्ने भएका छन्।

    यसका साथै कार्डमा आधारित स्क्यान टु पे/क्यूआर कोडका माध्यम बाट पनि भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ। मोको डिजिटल वालेटमार्फत हुने बैंकिङ कारोबार सरल सुरक्षित र भरपर्दो मानिएको छ। प्रभु बैंक र फोकसवान पेमेन्टबीच सम्पन्न उक्त सम्झौतापश्चात नेपालको बैंकिङ क्षेत्रमा विद्युतीय माध्यममार्फत हुने भुक्तानीको दायरा फराकिलो हुने र प्रभु बैंकका भिसा कार्डवाहक ग्राहकले यो सुविधा उपभोग गरी अधिकतम लाभ लिने भन्ने बैंकले विश्वास लिएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट