logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • अर्थतन्त्रलाई लिएर अलि सचेत हुनुपर्ने अवस्था छ: गभर्नर अधिकारी

    अर्थतन्त्रलाई लिएर अलि सचेत हुनुपर्ने अवस्था छ: गभर्नर अधिकारी

    1.8K
    SHARES
    अर्थतन्त्रलाई लिएर अलि सचेत हुनुपर्ने अवस्था छ: गभर्नर अधिकारी

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई लिएर अलि सचेत हुनुपर्ने अवस्था रहेको बताएका छन्।



    आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिन नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रियामा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘१० महिना २२८ अर्ब ब्यालेन्स अफ पेमेन्ट डेफिसिटमा छौँ, ५४७ अर्ब करेन्ट अकाउन्ट डेफिसिटमा छौँ’, उनले भने, ‘यी कुरा अलि सेन्सेटिभ छन्, हामी सजग हुन आवश्यक छ।’

    विश्वभर मन्दीको प्रभाव रहेको र त्यसको असर नेपालमा पनि देखिएको गभर्नर अधिकारीले बताए। ‘चुनौतीपूर्ण अवस्था छ, बाह्य क्षेत्रको स्थायित्व सबैभन्दा ठूलो चुनौती छ’, उनले भने, ‘अस्थिरता निम्तिने डर र त्रास छ।’ गभर्नर अधिकारीले सिस्टमलाई ठाउँमा राख्न सरकार र निजी क्षेत्रबाट पहल भइरहेको पनि बताए। ‘अर्थतन्त्र स्थिर हुनुपर्यो, त्यसमा सरकार र निजी क्षेत्र हुनुपर्छ र भइरहेको पनि छ।’

    अर्थतन्त्र जोगाउने खालको नीति निर्माण गरिने पनि अधिकारीले बताए। ‘नेपाल सरकारले ल्याउन सक्ने नीतिहरु ल्याउँदै आएको छ’, उनले भने, ‘कोभिडको बेला पनि हामीले दिन सक्ने सुविधा दिएकै हो। अहिले केही घट्दै गएको छ।’ गभर्नर अधिकारीले हालको परिस्थितिअनुसारको मौद्रिक नीति आउने पनि बताए। ‘अर्थतन्त्रलाई सही ठाउँमा ल्याउने गरी मौद्रिक नीति आउनेछ’, उनले भने, ‘त्यस्तो नीति आउँदा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ। केही सहनुपर्ने ठाउँमा सहनुपर्छ, अप्ठ्यारो मान्नुहुँदैन।’


    अर्थ चाैतारी
  • आइतबार, २६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट