logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • ओप्पो ए५७ र ओप्पो ए७७ नेपाली बजारमा आउँदै

    ओप्पो ए५७ र ओप्पो ए७७ नेपाली बजारमा आउँदै

    2.7K
    SHARES
    ओप्पो ए५७ र ओप्पो ए७७ नेपाली बजारमा आउँदै

    काठमाण्डौ । विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने घोषणा गरेकोे छ।



    यी दुई नयाँ स्मार्टफोनहरु लङ लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ छन्। यी फोनहरुको कार्यक्षमता मनोरञ्जन का साथै उत्कृष्ट फोटोग्राफीका लागि बेजोड छन्।

    ओप्पो ए–सिरिजहरु ओप्पोको एन्ट्री–लेभल मिड–रेन्ज बजेट स्मार्टफोनहरु हुन्। यो सिरीजमा आधारभूत सुविधाहरु जारी राख्दै अघिल्लो सिरीजकोे तुलनामा केही सुधारहरु गरिएका छन्। यसमा प्रिमियम टुडी डिजाइन र फ्ल्यागशिप मोडलहरुबाट ट्रिकल–डाउन टेक्नोलोजी प्रयोग गरेको छ। डुअल स्पिकरहरु र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो। यस मोडेलहरुमा भरपर्दो गुणस्तर र गोपनीयता संरक्षण गर्ने सफ्टेवेयरहश्र पनि राखिएको छ।

    कम्पनीले नेपालमा ओप्पो ए७७ र ओप्पो ए५७ का लागि सार्वजनिक गर्ने मिति तोकेको छैन। यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुनेछ। कम्पनीले चाँडै सोसल मिडिया ह्यान्डलहरुमार्फत यसको फिचर्स र स्पेकहरुको बारेमा जानकारी दिनेछ। यसको मोडेलहरुका बारेमा थप जानकारीको लागि ओप्पो नेपालको अफिसियल सोसल मिडिया ह्यान्डल फलो गर्न सकिन्छ।

    ओप्पोको बारेमा:
    ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट उपकरण ब्रान्ड हो । सन् २००८ मा आफ्नो पहिलो मोबाइल फोन – “स्माइली फेस” लन्च गरेदेखि नै, ओप्पो सौन्दर्य सन्तुष्टि र नवीन प्रविधिको उत्तम समन्वयको लागि बजारमा विभिन्न स्मार्ट उपकरणहरु ल्याईरहेका छन् । आज, ओप्पोले फाइन्ड एक्स र रेनो सिरिजको नेतृत्वका साथ रहेका स्मार्ट उपकरणहरू बाहेक कलरओएस अपरेटिङ सिस्टम, ओप्पो कलाउड र ओप्पो+ जस्ता इन्टरनेट सेवाहरू पनि ओप्पोद्वारा उपलब्ध गराइएको छ । ओप्पो ६० भन्दा बढी देश र क्षेत्रहरूमा सक्रिय छन् र ओप्पोका ४०,००० भन्दा बढी कर्मचारीहरू विश्वभरका ग्राहकहरूको लागि राम्रो जीवन सिर्जना गर्न समर्पित छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट