काठमाण्डौ । लक्ष्मी बैंक र कुमारी बैंकबीच पनि मर्जरका लागि छलफल भईरहेको छ । पछिल्लो समय लफडामा बसेको कुमारी बैंकलाई नेपाल राष्ट्र बैंकले मर्जर नीतिमा कडाइ गर्ने संकेतलाई मध्यनजर गर्दै कुमारी र लक्ष्मी बैंकबीच मर्जरमा जानेगरी छलफल भइरहेको छ।
लक्ष्मी र कुमारी बैंकले १ः१ कै अनुपातमा मर्जरमा जाने भएका छन्गर । एकपछि अर्को बैंकले मर्जरको सम्झौता गरिरहेका बेला कुमारी र लक्ष्मी बैंक पनि मर्जरका लागि हस्ताक्षार गर्ने तायारी भएको स्रोतले जनाएको छ । यसै आवमा हस्ताक्षर हुने गरी तयारी अन्तिम चरणमा पुगेको छ । भने बैक आगामी आर्थिक बर्षामा मर्जरमा जानेछन्। दुईबैंक मर्जरमा गएमा २६ अर्ब २६ करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने छ।
मर्जर पछि बैकको अध्यक्ष, र नामका बिषयमा छलफल जरी छ । प्रमुख कार्यकारी अधिकृत (सिइया) मा भने कुमारी बैकका सिइयो ले निरन्त्रता पाउने भएका छन् । कर्मचारीको हकमा भने दुबै बैकका कर्मचारीले स्वइच्छुक अवकाश समेत रोज्न पउने सहमती भएको बैकको उच्च स्रोतले जनाएको छ । भने कुमा
लक्ष्मी बैंकको बजार पुँजीकरण २३ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीको शुक्रबार ४ करोड ७६ लाख रुपैयाँ बराबर २ लाख ३६ हजार कित्ता कारोबार भएको छ। यता कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। कुमारीको बजार पुँजीकरण २९ अर्ब १२ करोड रुपैयाँ रहेको छ।
अर्थ चाैतारी ।