logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • याडियाको विद्युतीय स्कुटरको सोरुमा पुल्चोकमा, नगद छुटका साथै एक्स्चेन्जको सुविधा

    याडियाको विद्युतीय स्कुटरको सोरुमा पुल्चोकमा, नगद छुटका साथै एक्स्चेन्जको सुविधा

    1.8K
    SHARES
    याडियाको विद्युतीय स्कुटरको सोरुमा पुल्चोकमा, नगद छुटका साथै एक्स्चेन्जको सुविधा

    काठमाण्डाै । इको बिज इन्टरनेशनल प्रालिले ‘याडिया’ ब्राण्डको विद्युतीय स्कुटर ललितपुर क्षेत्रका ग्राहकलाई लक्षित गरी बिक्री सुरु गरेको छ । चीनमा बनेको अन्तराष्ट्रिय गुणस्तरको याडिया स्कुटर असार २४ गतेदेखि पुल्चोकको सोरुममा उपलब्ध भएको हो ।



    कम्पनीले याडिया ब्राण्डको ‘एस लाइक’, ‘जि फाइभ’ र ‘सि वान एस’ गरि जम्मा तीनवटा मोडल बिक्रि गरिरहेको छ । उद्घाटन कार्यक्रमलाई लक्षित गरी भारी नगद छुटको समेत व्यवस्था गरिनुका साथै एक्स्चेन्जको सुविधा पनि रहेको कम्पनीका अध्यक्ष रबिन्द्र महर्जनले जानकारी दिए ।

    आगामी दिनमा कम्पनीले सर्भिसिङ्ग सेन्टर पनि सञ्चालनमा ल्याउने उद्देश्य लिएको छ । इको बिज कम्पनीले सोही स्थानमा कम्प्यूटर, ल्यापटप लगायत सूचना प्रविधिका सम्पूर्ण सामग्रीहरू बिक्रि, मर्मत तथा सेवा प्रदान गर्ने उद्देश्य सहित एलायन्स इन्फोटेक प्रालिको नामबाट शोरुम र सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट