logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • गभर्नरविरुद्ध सर्वोच्चमा रिट, माइतीघरमा प्रदर्शन

    गभर्नरविरुद्ध सर्वोच्चमा रिट, माइतीघरमा प्रदर्शन

    1.5K
    SHARES
    गभर्नरविरुद्ध सर्वोच्चमा रिट, माइतीघरमा प्रदर्शन

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालचतमा रिट दायरको तयारी गरिएको छ । मुलुकको केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गभर्नर राजनीतिक दलको विभागीय सदस्य रहेको खबर बाहिरिएपछि उनको बर्खास्तीको माग भएको हो ।



    त्यसैगरी अधिकारीको नियुक्ती अवैध रहेको ठहर गर्दै अखिल क्रान्तिकारी र वाईसीएल नेपालले संयुक्त रुपमा आजै माइतीघरमा प्रदर्शन कार्यक्रम राखेका छन् । उनीहरुले ४ बजे विरोध प्रदर्शन गर्न लागेका हुन् ।

    अधिकारी एमाले नेता घनश्याम भुसाल प्रमुख रहेको अर्थ तथा योजना विभागमा एम अधिकारीको नाममा सदस्य रहेको देखिन आएको हो । यसअघि नेता सुरेन्द्र पाण्डे प्रमुख रहेको बेलामा पनि सोही विभागका सदस्य थिए । त्यतिबेला उनको नाम विभागको १६ नम्बरमा उल्लेख थियो भने अहिले तीन नम्बरमा छ ।

    पहिले महाप्रसाद अधिकारी लेखिएकोमा यस पटक उनै अधिकारीको नाम अप्ठेरो नपरोस् भन्ने उद्देश्यले एम अधिकारी उल्लेख छ ।


    अर्थ चाैतारी
  • बुधबार, २९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट