logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • १००ः८१ शेयर स्वाप रेसियोमा सिभिल बैंक हिमालयन बैंकमा गाभिने सहमति

    १००ः८१ शेयर स्वाप रेसियोमा सिभिल बैंक हिमालयन बैंकमा गाभिने सहमति

    1.8K
    SHARES
    १००ः८१ शेयर स्वाप रेसियोमा सिभिल बैंक हिमालयन बैंकमा गाभिने सहमति

    काठमाण्डौ । अन्ततः सिभिल बैंक हिमालयन बैंकमा गाभिने सहमति भएको छ। यसअघि दुई पक्षीबीच प्राविधिक कुरा मिल्न नसकेपछि समझदारी हुन ढिलाई हुँदै आएको थियो । बुधबार भने हिमालयनले सिभिललाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । दुई बंैक बीच भएको उक्त समझदारी पत्रमा हिमालयन बैंकका तर्फबाट बंैकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले हस्ताक्षर गरेका हुन् ।



    नेपालको वित्तीय क्षेत्रलाई सवल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एकयुजिशन नीतिको अनुसरण गर्दै दुई बंैक बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । प्राप्तिपछिको बैंकको नाम हिमालयन बैंक लिमिटेड नै रहने छ भने संचालक समिति हिमालयन बैंककै रहने छ । संचालक समिति अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा अशोक शमशेर राणा छन् । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने कार्यका लागि १००ः८१ शेयर स्वाप रेसियोमा प्रारम्भिक सहमति भएको छ ।

    हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड तथा सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ । त्यसैगरी जगेडा कोषमा हिमालयन बैंकको रु ८ अर्ब ३ करोड र सिभिल बैंक लिमिटेडको रु २ अर्ब ९१ करोड रहेको छ । कर्जा लगानीतर्फ हिमालयन बैंकको रु १ खर्ब ५८ अर्ब तथा सिभिल बैंकको रु ८६ अर्ब ७४ करोड रहेको छ भने निक्षेपतर्फ हिमालयन बैंकको रु १ खर्ब ७२ अर्ब तथा सिभिल बैंकको रु ९३ अर्ब ३३ करोड रहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट