काठमाण्डौ । सिद्दार्थ बैंक लिमिटेडले बुधबार काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका ह्ुन् । बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रम अन्तर्गत पहिचान गरिएका ६७५ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा प्रदान गर्न उपयोग गर्ने जनाएको छ । ।
उक्त सहयोगले कमजोर आर्थिक स्थितिका कारण दृष्टि कमजोर भएतापनि चस्मा बिना अध्ययन गर्न बाध्य भएका विद्यार्थीहरुलाई सहज रुपले अध्ययन गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिंदै जानेछ ।
अर्थ चाैतारी ।