logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • मौद्रिक नीति अबको एक साताभित्र आउँछ: डेपुटी गभर्नर

    मौद्रिक नीति अबको एक साताभित्र आउँछ: डेपुटी गभर्नर

    2.1K
    SHARES
    मौद्रिक नीति अबको एक साताभित्र आउँछ: डेपुटी गभर्नर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अबको एक साताभित्र आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन्।



    आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा छलफल गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा डेपुटी गभर्नर मिश्रले उक्त जानकारी गराएका हुन्। उनले जतिसक्दो चाँडो सुझावहरु पठाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे। हाल विभिन्न सुझाव संकलन आइरहेको र ती सुझावको ड्राफ्ट तयार गर्ने काम भइरहेको मिश्रले जानकारी दिए। ‘एनबीएको सुझाव पनि महत्वपूर्ण छ’, उनले भने।

    संघको यो कार्यक्रममा प्रमुख अतिथिका रुपमा गभर्नर महाप्रसाद अधिकारीलाई डाकिएको थियो। तर, नेकपा एमालेको आर्थिक तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीको नाम मुछिएपछि उनको चर्को आलोचना र राजीनामा माग भइरहेको छ। यही दबाबबीच उनी कार्यक्रममा सहभागी हुन नसकेको स्रोत बताउँछन्। गभर्नर अधिकारी सहभागी नभएपछि उनको ठाउँमा डेपुटी गभर्नर मिश्र कार्यक्रममा सहभागी भएका हुन्।


    अर्थ चाैतारी
  • बुधबार, २९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट