काठमाण्डौ । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अटिजम भएका बालबालिकालाई सहयोग गरेको छ।
बैंकले जडिबुटी नरेफाँटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि सञ्चालित गैर नाफामूलक संस्था विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रलाई सहयोग गरेको छ। बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले संस्थाका अध्यक्ष सबिता उप्रेतीलाई रु. १ लाख ५० हजारको चेक हस्तान्तरण गरिन्। बैंकले उक्त रकम संस्थाको नयाँ भवन निर्माणको लागि प्रदान गरेको हो।
नेपाल लगायत विश्वव्यापी रुपमा अटिजम बढ्दै गइरहेको हालको परिप्रेक्षमा करिब १०० मा १ को अनुपातमा अटिजम रहको अनुमान छ। उक्त कार्यक्रमा अटिजम कुनै रोग नभइ अवस्था भएको र यस अवस्थालाई व्यक्ति र समाजले बुझेर अगाडी बढ्न जरुरी रहेको विषयमा समेत चर्चा भएको थियो। पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सनराइज बैंकले देशव्यापी रुपमा शिक्षा, स्वास्थ्य, बैंकिङ्ग साक्षरता, वातावरण संरक्षण लगायतका विषयमा चरणबद्ध रुपमा कार्यक्रमहरु गर्दै आइरहेको छ।
अर्थ चाैतारी ।