logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • स्मार्ट क्युआरबाट भुक्तानी सेवा दिन मुक्तिनाथ बैंक र एससीटीबीच सम्झौता

    स्मार्ट क्युआरबाट भुक्तानी सेवा दिन मुक्तिनाथ बैंक र एससीटीबीच सम्झौता

    1.9K
    SHARES
    स्मार्ट क्युआरबाट भुक्तानी सेवा दिन मुक्तिनाथ बैंक र एससीटीबीच सम्झौता

    काठमाण्डौ । भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा प्रदान गर्ने सम्झौता भएको छ।



    स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवा सुबिधा पु¥याउँदै आएको मुक्तिनाथ विकास बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।

    सम्झौतापछि स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच स्मार्ट क्युआर प्रयोगको क्षेत्रमा सहकार्य हुने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ३१ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट