logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • ब्रिटिस काउन्सिलको आईएलटीएसको शुल्क अब इ-सेवाबाट भुक्तानी गर्न सकिने

    ब्रिटिस काउन्सिलको आईएलटीएसको शुल्क अब इ-सेवाबाट भुक्तानी गर्न सकिने

    1.7K
    SHARES
    ब्रिटिस काउन्सिलको आईएलटीएसको शुल्क अब इ-सेवाबाट भुक्तानी गर्न सकिने

    काठमाण्डौ । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आईएलटीएस परीक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ।



    इसेवा र ब्रिटिस काउन्सिलका बीच अनलाइन भुक्तानी सम्झौता भएको हो। योसँगै अबदेखि आईएलटीएस परीक्षा दिने परिक्षार्थीले आफ्नो इसेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्नेछन्। नजिकै रहेका इसेवाको एजेन्ट नेटवर्कमार्फत समेत उक्त शुल्क भुक्तानी गर्न सकिनेछ । उक्त विद्युतीय भुक्तानी प्रविधिले विद्यार्थीहरुलाई सहजता पुग्ने अपेक्षा गरिएको छ।

    इसेवाले हाल ५७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि दुर्गम विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत सुरक्षित, भरपर्दो र छिटो छरितो सेवा सुविधा प्रधान गर्दै आफूलाई विश्वसनीय विद्युतीय भुक्तानी प्रदायक संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ३१ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट